भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लक्का जवान

लक्का जवान

काठमाडौं । आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘लक्का जवान’ वैशाख २३ गतेदेखि प्रदर्शनमा हुने भएको छ ।

ध्रुव वन्तको प्रस्तुति, अनुसुया श्रेष्ठ वन्तको निर्माण र कार्यकारी निर्माता किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी रहेको चलचित्रमा सरोज खनाल, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत,

वर्षा शिवाकोटी, ओजस्वी थापा, जयनन्द लामा, मनिषा श्रेष्ठ, अनुपमा भण्डारी, सविता गुरुङ, विमला गिरी, अञ्जु महर्जन, निर्मल शर्मा, विनोद भट्टराई र रमेश केसीको अभिनय रहेको छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठको विशेष भूमिका रहेको छ ।

चलचित्रका कार्यकारी निर्माता एवं कलाकार किरण केसीले ‘लक्का जवान’ एक पारिवारिक चलचित्र भएकाले सबैलाई परिवारसँग बसेर हेर्न आग्रह गरे। हास्य कलाकार दिपाश्री निरौलाले ‘लक्का जवान’को सफलताको शुभकामना दिइन्।

हास्य कलाकार जितु नेपालले कोभिडपछिको अवस्थामा मानिसमा परेको शारीरिक, मानसिक र आर्थिक असरको पीडालाई कम गर्न ‘लक्का जवान’ चलचित्र सहयोगी सावित हुने बताए।

 


Thali Mobile Pvt.Ltd.