भर्खरै : Sorry, your browser does not support inline SVG.
‘कम्युनिजम विश्वयुद्धभन्दा ठूलो खतरा’ ट्रम्पको विवादास्पद अभिव्यक्ति | फेवातालमा हावाहुरीको बीच अलपत्र परेकी युवतीको सकुशल उद्धार, सशस्त्र प्रहरीको तदारुकता | ‘डीएपी मल किन भारतभन्दा महँगो?’ राष्ट्रिय सभामा सरकारलाई कडा प्रश्न, संसदको मौनतामाथि पनि असन्तुष्टि | सरकारको १०० दिनमाथि नागरिक समाजको प्रश्न: ‘महँगी र बेरोजगारी नियन्त्रणमा पूर्ण असफल’ | दैलेख बस दुर्घटना: सोनार क्यामरा र विशेष उपकरणसहित गोताखोर टोली परिचालन, बेपत्ताको खोजी तीव्र | नियमन र सुपरिवेक्षणमा कुनै सम्झौता नहुने मन्त्री रावलको सन्देश | सरकारका १०० दिनः १८ मन्त्रालयमा सीमित, २० अर्ब बचतको दाबी, उपलब्धि सार्वजनिक | शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास |

लायन्स फुड बैंकमार्फत ६० परिवारलाई खाद्यान्न सहयोग

लायन्स फुड बैंकमार्फत ६० परिवारलाई खाद्यान्न सहयोग

तनहुँ । लायन्स क्लब अफ तनहुँ व्यास सिटीद्वारा सञ्चालित लायन्स फुड बैंकमार्फत ६० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । विश्वभरि फैलिरहेको नयाँ भेरियन्टसहितको कारोना भाइरसको महामारीका कारण नेपालमा चलिरहेको निषेधाज्ञाले घरमा चुलो बल्न कठिनाइ भएको परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

निषेधाज्ञाको समयमा कुनै पनि परिवार भोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ लायन्सले फुड बैंक स्थापना गरी खाद्यान्न सहयोग गर्दै आएको लायन्स क्लब अफ तनहुँ व्यास सिटीका सचिव शान्ता बाँस्तोलाले जानकारी दिनुभयो । क्लबले एक हप्ताको खाद्यान्न प्याकेज लिएर अतिविपन्न परिवार, अपाङ्गता, मिर्गौलापीडित भएर थलिएका, छोरा बुहारीले हेरचाह नगरेका वृद्धवृद्धालाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

अन्यमार्फत पठाउँदा दुरुपयोग हुनसक्ने भएकाले समितिका पदाधिकारीहरु नै सम्बन्धित व्यक्तिको घरदैलोमा पुगेर वास्तविकता बुझेर राहत वितरण गर्ने गरिएको क्लबले जनाएको छ । यस अभियानमा दमौलीमा रहेका खाद्य पसल, लायन्स क्लबका पदाधिकारी, विदेशमा रहेका नेपाली दाजुभाइको साथ र सहयोगका कारण अघि बढ्न प्रेरणा मिलेको क्लबका अध्यक्ष कुमार मल्लले बताउनुभयो ।

हाम्रो कामको मूल्याङ्कन गरी विभिन्न क्षेत्रबाट प्रोत्साहनस्वरुप सहयोग प्राप्त भएकाले घामपानी नभनी सहयोग गर्दै आएको उहाँले बताउनुभयो । यस अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं क्लबका चार्टर प्रेसिडेन्ट्स पवीन्द्रकुमार श्रेष्ठले बताउनुभयो । बोनम्यारोपीडितलाई खाद्यन्न सहयोग

लायन्स क्लब अफ तनहुँ व्यास सिटीद्वारा बोनम्यारो क्यान्सरपीडित दीपक मगरलाई बिहीबार खाद्यान्न सहयोग गरेको छ । जिल्लाको देवघाट गाउँपालिका–२ बैदीखानी भित्ता घर भई हाल व्यास नगरपालिका–१ चारकुनेमा भाडामा बस्दै आउनुभएका २६ वर्षीय मगरको परिवारलाई क्लबले सहयोग गरेको हो ।

मगरको छ जनाको परिवारलाई एक हप्ताका लागि पुग्ने खाद्यान्न, दाल, तेल, तरकारीलगायत सामग्री क्लबले प्रदान गरेको हो । क्लबका अध्यक्ष मल्ल, सचिव बाँस्तोला, सदस्यद्वय महमद अलि र राजेश मल्लले संयुक्तरूपमा हस्तान्तरण गर्नुभएको हो । व्यासद्वारा पन्ध्र हजार सहयोग व्यास नगरपालिका कार्यालयले बोनम्यारो क्यान्सरपीडित दीपक मगरलाई बिहीबार रु १५ हजार आर्थिक सहयोग गरेको छ । हाल व्यास–१ चारकुनेमा भाडामा बस्दै आउनुभएका २६ वर्षीय मगरको उपचारका लागि नगरप्रमुख बैकुण्ठ न्यौपानेले उक्त रकम प्रदान गर्नुभएको हो ।

अर्थाभावका कारण डायलासिस गर्न धौधौ भएको अवस्थामा केही समयका लागि राहत मिलेको पीडित मगरले बताउनुभयो । विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट स–सानो रकम जुट्न थालेपछि आफूलाई बाँच्ने आशा पलाएको उहाँले बताउनुभयो । त्यसैगरी केही दिनअघि व्यास–१ स्थित चारकुने टोल विकास संस्थाको सक्रियतामा सङ्कलित रकम रु १० हजार ४० निजकी श्रीमती सजिना मगरलाई हस्तान्तरण गरेको थियोे ।

विसं २०७२ मा बोनम्यारो क्यान्सर भई जेनतेन उपचार गर्दै आए पनि कहीँकतैबाट सहयोग नपाएका मगरले पछिल्लो समय सहयोग जुट्न थालेपछि आफू बाँच्छु भन्ने आत्मबल बढ्न थालेको बताउनुभयो । त्यसैगरी व्यासनगरपालिका–२ अमरापुरी निवासी गोविन्दराम पन्थ र माधवी नराल पन्थले मगरको उपचारका लागि रु पाँच हजार सहयोग गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.