भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

लुम्बिनीको राजधानी भालुवाङ हरित र स्मार्ट बन्दै, चीन सरकारले सहयोग गर्ने

लुम्बिनीको राजधानी भालुवाङ हरित र स्मार्ट बन्दै, चीन सरकारले सहयोग गर्ने

दाङ । स्थायी राजधानी देउखुरी भएसँगै लुम्बिनी प्रदेश सरकारले राजधानीलाई विशेष बनाउन गुरुयोजना थालेको छ ।असोज २० गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका देउखुरी बनाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार स्थायी राजधानीमा पूर्वाधार निर्माणको गुरुयोजना थालेको हो ।लुम्बिनी प्रदेशको राजधानीलाई नयाँ, अत्याधुनिक, स्मार्ट र सुन्दर हरित शहरको रुपमा विकास गर्ने योजना अनुसार प्रदेशले पूर्वाधार विकास प्राधिकरणले गुरुयोजना बनाउने प्रक्रियालाई अगाडि बढाएको हो ।

नयाँ शहर बनाउनको लागि चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीसँग सहकार्यका लागि प्रदेशले छलफल समेत गरेको छ । लुम्बिनी प्रदेश सरकार र चीन सरकारको बीचमा राजधानी व्यवस्थापनको विषयमा औपचारिक छलफल समेत भइसकेको छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग जर्नल डाइरेक्टर सन हाइनले लुम्बिनी प्रदेश सरकारलाई शहर बसाउनको लागि योजना निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.