भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

एनटिभी रोडमा ब्राउनसुगर सहित एक जना प्रहरीको नियन्त्रणमा

एनटिभी रोडमा ब्राउनसुगर सहित एक जना प्रहरीको नियन्त्रणमा

बाँके । ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्यूरो कार्यालय नेपालगन्ज शाखाको संयुक्त प्रहरी टोलीले ४४ ग्राम ५ सय २० मिलिग्राम ब्राउन सुगर सहित इन्द्रमणी गौतमलाई पक्राउ गरेको हो ।

कोहलपुर नगरपालिका वडा नं.११ एनटिभी रोड स्थित लागु औषध ब्राउनसुगरको कारोबार भईरहेको सूचनाको आधारमा प्रहरीले गौतमलाई पक्राउ गरेको हो । कोहलपुर वडा नं.१२ वस्ने वर्ष ४५ को गौतमलाई तलासी लिने क्रममा उनले लगाएको पाईन्टको खल्तीमा रहेको सेतो प्लाष्टिकको पुडिया बनाई राखेको ब्राउनसुगर ४४ ग्राम ५२० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ परेका गौतमको खान तलासी गर्दा तौल गर्ने डिजिटल मेसिन थान १ समेत फेला परेको प्रहरी निरिक्षक इश्वर देव गिरीले बताए । गौतम यसभन्दा पहिला जाजरकोट जिल्लामा लागू औषध चरेस मुद्दामा समेत पक्राउ परी १८ महिना कैद भुक्तान गरी छुटेको बाँके प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.