भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

विकास साझेदारहरुसँग अर्थमन्त्री महतले बजेटका विषयमा छलफल

विकास साझेदारहरुसँग अर्थमन्त्री महतले बजेटका विषयमा छलफल

काठमाडौं । नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आगामी आर्थिक वर्ष २०८० र ८१ को बजेटका विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफल गरेका छन् । छलफल क्रममा अर्थमन्त्री डा. महतले सरकारका आगामी दिनका प्राथमिकता, बजेटले लिने मार्ग दर्शन, सिद्धान्तका विषयमा जानकारी गराएका हुन । नेपाल सरकारले उपलब्ध साधन स्रोतको उच्चतम सदुपयोग गर्ने प्रतिबद्धता अर्थमन्त्री महतले व्यक्त गरेका थिए ।

छलफलमा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगम जस्ता बहुपक्षीय विकास साझेदार, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, जापान, कोरिया, स्विजरल्याण्ड, नर्वे, फिनल्याण्डलगायतका द्विपक्षीय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.