राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ ।
हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ । विद्युत् चोरी बढेपछि नियन्त्रण अभियानलाई तीव्रता दिँएको छ ।
टिभी, फ्रिज, पङ्खा, पानी तान्ने मोटर, तार, कटरलगायतका १४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको छ । लकडाउनदेखि हालसम्मको अवधिमा विद्युत् चोरीमा संलग्न ४२ भन्दा धेरैलाई पक्रउ गरी कारवाही गरिएको वितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिए ।।
