भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

विपद्जन्य घटनामा भारतको हिमाञ्चल प्रदेशमा २१ जनाको मृत्यु

विपद्जन्य घटनामा भारतको हिमाञ्चल प्रदेशमा २१ जनाको मृत्यु

एजेन्सी । विपद्जन्य घटनामा परी भारतको हिमाञ्चल प्रदेशमा २१ जनाको मृत्यु भएको छ । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म २१ जना भन्दा बढीको मृत्यु भएको हो ।

सोलान जिल्लामा चट्याङ पर्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ भने मण्डीमा पहिरोले घर पुर्दा दुइ जनाको मृत्यु भएको छ । मण्डीको बम्बोला गाउँमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सोलन जिल्लाको बलेरा गाउँमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

भारतको हिमाञ्चल प्रदेश मनसुन सुरु भएयता बढी प्रभावित बनेको छ । खराब मौसमका कारण सोमबार हिमाञ्चल प्रदेशका शैक्षिक संस्थाहरु बन्द गराइएको थियो । सयौँ नागरिकहरु बेपत्ता भएको हिमाञ्चल प्रहरीले जनाएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार सिमलाको समर हिल क्षेत्रमा रहेको शिव मन्दिरमा पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । साथै सो क्षेत्रमा अन्य केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ । त्यस्तै सिमलाको फागलीमा पहिरोमा परी अन्य चार जनाको मृत्यु भएको बताइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.