भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्वकप क्रिकेट छनोटको तयारी गर्न नेपाली टोली बङ्गलादेशतर्फ

विश्वकप क्रिकेट छनोटको तयारी गर्न नेपाली टोली बङ्गलादेशतर्फ

काठमाडाैं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली आज बङ्गलादेश प्रस्थान गरेको छ । नेपाली टोलीले बङ्गलादेशमा एक साता तयारी गर्ने छ । बङ्गलादेशमा रहँदा नेपाली टोलीले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । नेपाली टोलीले यही कात्तिक २५ गतेसम्म बङ्गलादेशमा अभ्यास गर्ने छ ।

नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गर्नुभएको छ । टोलीका अन्य खेलाडीमा सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी वेगम, कविता जोशी र संगीता राई रहनुभएको छ ।

यस्तै सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिक खेलाडीका रुपमा राखिएको छ । नेपाली टोलीको प्रशिक्षकमा जगत टमाटा र व्यवस्थापकमा जयन्ती भट्ट रहनुभएको छ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिता आगामी मङ्सिर ३ देखि १३ गतेसम्म युनाईटेड अरब इमिरेटस् (युएई) मा हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित युएई, भुटान, कुवेत, हङकङ र मलेसियाले प्रतिष्पर्धा गर्नेछन् ।

नेपालले पहिलो खेल मङ्सिर ६ गते हङकङसँग, दोस्रो खेल मङ्सिर सात गते भुटानसँग, तेस्रो खेल मङ्सिर नौ गते कुवेतसँग, चौथो खेल मङ्सिर १० गते मलेसियासँग तथा पाँचौँ खेल मङ्सिर १२ गते युएईविरुद्ध खेल्ने तय भएको छ । प्रतियोगिताको शीर्ष टोली आगामी वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.