भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

दक्षिण अफ्रिकी लेखक डामोनलाई बुकर पुरस्कार

दक्षिण अफ्रिकी लेखक डामोनलाई बुकर पुरस्कार

लण्डन । विश्व प्रतिष्ठीत बुकर पुरस्कार यस वर्ष दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको छ । चर्चित उपन्यासकार तथा नाटककार डाल्गोटको पुस्तक ‘द प्रमिज’का लागि सो पुरस्कार गरिएको हो । सो पुस्तकमा गएको चार दशकको अवधिमा एउटा दक्षिण अफ्रिकी परिवारको पतनको विषयलाई उल्लेख गरिएको छ । यो उहाँको नवौँ पुस्तक हो । यसअघि सन् २००३ र सन् २०१० मा पनि उक्त पुरस्कारका लागि उहाँ मनोनयनमा पर्नु भएको थियो । तर पुरस्कार जित्न भने सक्नु भएको थिए । उहाँलाई बुधवार एक समारोहबीच ५० हजार पाउन्डको पुरस्कार प्रदान गरिएको छ ।

निर्णायक मण्डलका अध्यक्ष माया जेसन्अफले उपन्यासमा अद्वितीय कथा, समृद्ध विषयवस्तु र दक्षिण अफ्रिकाको विगत ४० वर्षको इतिहास उत्कृष्ट किसिमले बुनिएकाले पुरस्कारका लागि छनौट गरिएको जानकारी दिनुभयो । “पुस्तकमा उत्कृष्ट शैली छ, उत्कृष्ट विचार छन् र यो संरचना र साहित्यिक शैलीमा उल्लेखनीय ध्यान दिएर सोच्न बाध्य बनाउने कुरा छन,” उहाँले भन्नुभयो । एउटा श्वेत परिवारले आफ्नी अश्वेत सेविकालाई घरजग्गा दिन व्यक्त गरेको वाचाका आधारमा कितावको नामाकरण गरिएको हो ।

श्वेत सरकारको जातीय भेदभाव अन्त्य गरिएपछि अपूर्ण रहेका प्रतिबद्धतालाई पुस्तकमा विस्तृतमा उजागर गरिएको छ । प्रिटोरियामा हुर्किएका ५७ वर्षीय लेखक गाल्गोटले अफ्रिकी समाजका फरक फरक पुस्ता र राजनीतिक परिस्थीतिलाई पुस्तक मार्फत झल्काउनु भएको छ । पुस्तक लेख्न धेरै समय र धेरै मेहनेत लागेको बताउदै उहाँले त्यो मेहनेतको फल अहिले पाएको अनुभूती भएको अनुभव सुनाउनुभयो । उहाँले १७ बर्षको उमेरमै आफुले पहिलो उपन्यास लेखेको जानकारी दिनुभयो । निरन्तरको लेखाइका कारणले पनि आफु खारिँदै गएर अहिले यती ठूलो पुरस्कार पाउने अवसर जुटेको उहाँको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.