भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्व वातावरण दिवसका अवसरमा तुलसी खेती

विश्व वातावरण दिवसका अवसरमा तुलसी खेती

गण्डकी । विश्व वातावरण दिवसका अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टर बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सहकार्यमा ‘खाद्य हरियाली शहर कार्यक्रम’ अन्तर्गत पोखरा महानगरपालिका–३३ भरतपोखरीमा तुलसी खेती शुरु गरिएको छ । साना–ठूला गरेर तीनवटा टनेलमा दुई किलो तुलसीको बीउ छरिएको बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीका अध्यक्ष केशवराज लम्सालले जानकारी दिए ।

बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सेवा क्षेत्रका करिब २०० घरलाई प्रतिघर ५० वटा तुलसीका बिरुवा वितरण गर्दै तुलसी खेतीप्रति आकर्षित गरिने उहाँले बताउनुभयो । लम्सालका अनुसार बिरुवा रोपेको ८० देखि ९० दिनसम्ममा तुलसी टिपेर बिक्रीका लागि तयार हुन्छ । तयार भएको तुलसीको बजारीकरणको जिम्मा बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीले लिने छ ।

तुलसीको पत्ताबाट चिया र तुलसी बीउको माग अत्यधिक रहेकाले उत्पादनपछिको समस्या नरहेको चौतारीका सचिव मोती भुजेलले बताउनुभयो । तुलसी महत्वपूर्ण बिरुवा हो, थाहा थियो तर खेती नै गरिन्छ भन्ने जानकारी नभएको बताउँदै श्री गैरी भञ्ज्याङ काफलडाँडा वन उपभोक्ता समूहका अध्यक्ष नीलराज आचार्यले वन उपभोक्ता समूहका सबैलाई यसमा जोडिन आह्वान गर्ने र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.