भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

विश्व वातावरण दिवसका अवसरमा तुलसी खेती

विश्व वातावरण दिवसका अवसरमा तुलसी खेती

गण्डकी । विश्व वातावरण दिवसका अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टर बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सहकार्यमा ‘खाद्य हरियाली शहर कार्यक्रम’ अन्तर्गत पोखरा महानगरपालिका–३३ भरतपोखरीमा तुलसी खेती शुरु गरिएको छ । साना–ठूला गरेर तीनवटा टनेलमा दुई किलो तुलसीको बीउ छरिएको बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीका अध्यक्ष केशवराज लम्सालले जानकारी दिए ।

बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सेवा क्षेत्रका करिब २०० घरलाई प्रतिघर ५० वटा तुलसीका बिरुवा वितरण गर्दै तुलसी खेतीप्रति आकर्षित गरिने उहाँले बताउनुभयो । लम्सालका अनुसार बिरुवा रोपेको ८० देखि ९० दिनसम्ममा तुलसी टिपेर बिक्रीका लागि तयार हुन्छ । तयार भएको तुलसीको बजारीकरणको जिम्मा बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीले लिने छ ।

तुलसीको पत्ताबाट चिया र तुलसी बीउको माग अत्यधिक रहेकाले उत्पादनपछिको समस्या नरहेको चौतारीका सचिव मोती भुजेलले बताउनुभयो । तुलसी महत्वपूर्ण बिरुवा हो, थाहा थियो तर खेती नै गरिन्छ भन्ने जानकारी नभएको बताउँदै श्री गैरी भञ्ज्याङ काफलडाँडा वन उपभोक्ता समूहका अध्यक्ष नीलराज आचार्यले वन उपभोक्ता समूहका सबैलाई यसमा जोडिन आह्वान गर्ने र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.