भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

विस्फोटमा परेर चीनमा ३१ जनाको मृत्यु, सी जिनपिङले दिए प्रतिक्रिया

विस्फोटमा परेर चीनमा ३१ जनाको मृत्यु, सी जिनपिङले दिए प्रतिक्रिया

एजेन्सी । चीनको उत्तर पश्चिमी भाग निङ्जिया सहरमा बुधवार राति ठुलो ग्यास विस्फोट भएको छ । उक्त विस्फोटमा परी हालसम्म कम्तीमा ३१ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्युजलाई उद्धृत गर्दै यस विस्फोटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रतिक्रिया आएको रोयटर्सले बताएको छ ।

विस्फोट निङ्जिया सहरमा रहेको रेस्टुरेन्टमा भएको हो । विस्फोटको कारण एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएको बताइएको छ । विस्फोटमा परी सात जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

सी जिनपिङले दुर्घटनामा घाइते भएकाहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् । यसअघि पनि चीनमा ग्यास र केमिकल विस्फोटका घटना भइसकेका छन् । सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा परी १७३ जनाको मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.