भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई टक्कर दिन भारतलाई साथ लिने रणनीतिमा अमेरिका

हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई टक्कर दिन भारतलाई साथ लिने रणनीतिमा अमेरिका

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगेका छन् । राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले मोदीलाई ह्वाइटहाउसमा स्वागत गरेका हुन । अमेरिकाको राजकीय भ्रमणमा रहको भारतीय प्रधानमन्त्रीसंग रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा केन्द्रीत हुने वार्ताले आगामी दशकका लागि रणनीतिक रोडम्याप तयार पार्ने विश्लेषण गरिएको छ । रक्षा र प्रविधि बाहेक विकास र ब्यापारमा साझेदारी पनि वार्ताको अर्को महत्वपूर्ण पक्ष हुने छ ।

हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई टक्कर दिन भारतलाई साथ लिने रणनीतिमा रहेको अमेरिकाले आफ्ना बहुराष्ट्रिय कम्पनीहरुलाई चीनबाट भारततर्फ सार्दै आएको छ । बाइडेन र मोदीबस्च हिबीबार ह्वाइटहाउसमा दुई पक्षीय वार्ताको कार्यक्रम रहेको छ । मोदीको स्वागतमा सवै कूटनीति प्रोटोकल खुला गरेको अमेरिकाले भारतसँगको बिहीबारको वार्तालाई शिखर सम्मेलन भनेको छ ।

मोदीले शुक्रबार अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले बिहीबार साँझ मोदीको सम्मानमा रात्रिभोज आयोजना गर्दैछन् । रात्रीभोजमा राजनीति, आर्थिक र रक्षा क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूलाई आमन्त्रण गरिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.