भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ |

वैकल्पिक सडकमार्फत तंग्रीदै मेलम्ची र हेलम्बु

वैकल्पिक सडकमार्फत तंग्रीदै मेलम्ची र हेलम्बु

काठमाण्डौ । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा वैकल्पिक सडक सञ्चालनमा आएको छ । बाढी र पहिरोका कारण हेलम्बु र मेलम्चीका मुख्य सडक अवरुद्ध बनेको लामो समयपछि बैकल्पिक सडक सञ्चालनमा आएको हो ।

पहिले नै निर्माण गरिएका ग्रामीण सडकलाई मर्मत गरी ग्राभेल गरेर यातायातका साधन सञ्चालन गर्न हेलम्बु र काठमाण्डौलाई जोड्न साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने मार्ग तयार भएको स्थानीयबासीन्दाको भनाई छ ।

पहाडी भञ्जाङ हुँदै काठमाण्डौको साँखु र सुन्दरीजल निस्कन सकिन्छ । सिन्धु हेलम्बु र आमा याङ्ग्री ह्योल्मोका वैकल्पिक बाटोका रूपमा नारायणटार, भोटचौर, धुसेनी, मानेभञ्ज्याङ, चापबोट, तालामाराङ बजार हुँदै तत्कालका लागि ढुङ्ग्रेबजारसम्म गाडी चलाउने तयारी गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.