भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

वैद्यले विमोचन गरे नेता हर्कबहादुर शाही स्मृति ग्रन्थ

वैद्यले विमोचन गरे नेता हर्कबहादुर शाही स्मृति ग्रन्थ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले दिवंगत नेता हर्कबहादुर शाही स्मृति ग्रन्थ विमोचन गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार आयोजित कार्यक्रममा वैद्यले ग्रन्थको विमोचन गरेका हुन् ।

हर्कबहादुर शाही जिवनको अन्तिम घडिसम्म पनि नयाँ जनवाद, जनगणतन्त्र र वैज्ञानिक समाजवाद र परिवर्तनको पक्षमा उभिएको भन्दै वैद्यले समाजवाद, देश र जनताकै विषयमा चासो राख्ने नेता मध्य एक भएको बताए । संसद विघटन हुँदा कुनै आकाश नखसेको र व्यवस्थाका लागि गरिने चुनावको पनि अर्थ नहुने वैद्यको जिकिर छ ।

वैद्यले नेता हर्कबहादुर शाहीका इच्छा, आशा र अभिलाशाहरू परिवर्तनसँग जोडिएकाले उनले देखाएको बाटोमा हिँड्न सकियो भने त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताए । कार्यक्रममा विशेष अतिथिको रूपमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषीराम कट्टेल, प्रवक्ता हरिभक्त कँडेल, पूर्व सांसद लक्ष्मि पोख्रेल, पूर्व सांसद नरबहादुर हमाल, हर्कबहादुर शाही स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा। मधुसूदन गिरी, प्रगतिशिल साहित्यकार नरेन्द्रजङ्ग पिटर र राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष भरत शाहीलगायतको उपस्थिति थियो ।

 


Thali Mobile Pvt.Ltd.