भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

व्यक्ति स्वार्थका लागि बादल ओलीका पिछलोगु भए: मोहन वैद्य

व्यक्ति स्वार्थका लागि बादल ओलीका पिछलोगु भए: मोहन वैद्य

मोरङ । गृहमन्त्री रामबहादुर थापा बादल व्यक्ति स्वार्थ पूरा गर्नका लागि ओलीका पिछलोगु भएको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले आरोप लगाएका छन् ।

बेलबारीमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले थापालाई वैचारिक राजनीतिभन्दा सत्ता स्वार्थ पूरा गर्न ओलीमा लागेको बताए । प्रचण्ड–माधवभन्दा पनि अहिलेको अवस्थामा ओलीको प्रवृत्ति खराब देखिएको उनको भनाईछ ।

प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले राजतन्त्रलाई सहयोग पुग्ने खालको रहेको आरोप लगाए । प्रचण्ड–नेपालको आन्दोलन पनि कुर्सीकै लागि भएको टिप्पणी गर्दै किरणले गद्धारहरुसंग एकता गर्नु भन्दा विप्लव नेकपा उत्तम रहेको जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.