भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

जनता नहँसाएर के मान्छे मार्दै, विधवा बनाउँदै हिँडौँ त ?

जनता नहँसाएर के मान्छे मार्दै, विधवा बनाउँदै हिँडौँ त ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्चका न्यायाधीशलाई नभेटेको दाबी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म सर्वोच्चका कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गरे ।

अहिलेसम्म संसद विघटनको मुद्दामा रहेका कुनै पनि न्यायाधीशलाई नभेटेको दावी गर्दै ओलीले प्रतिनिधिसभा विघटन गर्दा संविधानको धारा उल्लेख नगरिएको भन्दै विवाद झिक्न खोजिएको आरोप लगाए ।

प्रचण्ड–माधव पक्षले जनता हसाँउने बाहेक ओलीले अरु केही नगरेको भन्दै अब के मान्छे मार्दै, विधुवा बनाउदै हिडुँ त भनेर प्रश्न समेत गरे ।

 


Thali Mobile Pvt.Ltd.