भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

शहरबाट माग बढेपछि मोरङका वनमा निगुरो टिप्नेहरूको भीड

शहरबाट माग बढेपछि मोरङका वनमा निगुरो टिप्नेहरूको भीड image

मोरङ । माग बढेसँगै मोरङका वनमा निगुरो टिप्नेहरूको भीड लाग्न थालेको छ । स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताए ।काठमाण्डौलगायत शहरी क्षेत्रबाट तरकारीको रूपमा प्रयोग हुने निगुरोको माग बढेपछि वन क्षेत्रबाट ठूलो परिमाणमा निगुरो सङ्कलन हुन थालेको राईले बताउनुभयो । जनसेवा सामुदायिक वनबाट मात्रै वर्षमा झन्डै तीन करोड रुपैयाँको निगुरो बाहिरिने गरेको उहाँको भनाइ छ ।

सङ्कलकहरूले निगुरो प्रतिमुठा १५ रुपैयाँका दरले सङ्कलन केन्द्रमा बिक्री गर्छन् । सङ्कलन केन्द्रले प्रतिमुठा १७ रुपैयाँका दरले व्यापारीलाई दिने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको उर्लाबारीदेखि बेलबारीसम्मका सडक किनारमा पनि जङ्गलबाट टिपेर ल्याएको निगुरो बिक्रीका लागि राखिएका भेटिन्छन् । बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश गिरी निगुरो टिप्नेहरूको भीड बढेका कारण कार्यविधिमा उल्लेख गरेर सङ्कलकहरूका लागि परिचयपत्रको व्यवस्था गर्ने तयारी गरेको बताए।

जङ्गलबाट टिपिने भएकोले पूर्णरूपमा अर्गानिक हुने निगुरो स्वादिलो र स्वस्थ्यकर हुन्छ । कृषि विज्ञ डा। राजेन्द्र उप्रेती प्रोटिन, भिटामिन ुएु, क्याल्सियम लगायतका पोषक तत्त्व पाइने निगुरो निकै स्वस्थ्यकर तरकारी रहेको बताए ।उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.