भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण

‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण

काठमाण्डौ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोट भेगको ऐतिहासिक ‘दैबुजल गुफा’को अन्वेषण गरिएको छ । चन्द्रागिरि नगरपालिकाको सहकार्यमा त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागले संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको प्राविधिक सहयोग नेपालमा पहिलो पटक ‘इआरटी प्रविधि’को प्रयोग गरी गुफाको अन्वेषण सम्पन्न गरेको हो । इआरटी प्रविधि अर्थात् ‘इलेक्ट्रिकल रेसिस्टिभिटी टोमोग्राफी ’को प्रयोग गरी पुरिएको गुफा क्षेत्रमा अन्वेषण गरिएको हो ।

इआरटी विद्युतीय प्रवाहका आधारमा जमिनमुनिको वस्तुस्थिति पत्ता लगाउने प्रविधि हो । यस परियोजनामा करिब २०० मिटर लम्बाइ र करिब ४० मिटर गहिराइसम्म पुग्ने गरी दुई स्थानमा करेन्ट प्रवाह गरी खोजी गरिएको अन्वेषणमा संलग्न जियोलोजिस्ट खगेन्द्र दाहालले जानकारी दिनुभयो । नगरपालिकाले गुफाको अन्वेषण तथा खोजीमा सहयोग गरिदिन त्रिविमा पत्राचार गरेपछि संस्कृति विभागले तत्कालीन विभागीय प्रमुख प्रा।डा।सोमप्रसाद खतिवडाको नेतृत्वमा सात सदस्यीय विज्ञ समिति गठन गरेको थियो । टोलीले जेठ २ गते प्रस्तावित गुफा क्षेत्रमा इआरटीप्रविधिको प्रयोग गरी अन्वेषण गरेको थियो ।

पहिलो चरणमा विज्ञ टोलीले स्थानीवासीसँगको अन्तर्वार्तासहित इआरटी प्रविधिले देखाएका नतिजा ९भूभौतिकि० प्रतिवेदन आइतवार चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, उपमेयर वसन्ती श्रेष्ठ र नगरप्रवक्ता एवम् चन्द्रागिरि ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीलाई हस्तान्तरण गरेको थियो । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रका अध्यक्ष सुदर्शन अर्यालको नेतृत्वमा खटिएको प्राविधिक टोलीले जेठ ६ गते विश्वविद्यालयसमक्ष इआरटीको प्राविधिक प्रतिवेदन पेस गरेको थियो ।

नगरप्रमुख गिरीले गुफाको अध्ययन सम्पन्न भएपछि यसको संरक्षण गर्दै त्यस क्षेत्रमा ऐतिहासिक एवम् पर्यटकीय गन्तव्यको क्षेत्र बनाउने योजना नगरपालिकाको रहेको जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले विज्ञ टोलीद्वारा प्राप्त सुझावका आधारमा पुरातत्व विभागसँग समन्वय गरी ‘दैबुजल गुफा’को थप अन्वेषण कार्य अगाडि बढ्ने जानकारी दिनुभयो । अध्यक्ष अर्यालका अनुसार प्रस्तावित गुफा अन्वेषणको क्रममा जमिन सतहको पाँच मिटर गहिराइमा करिब १२ मिटर लम्बाइमा फैलिएको भागमा उच्च प्रतिरोधात्मकता भेटिएको छ ।

अध्ययनबाट प्राप्त नतिजाका बारेमा प्रस्तुतीकरण दिँदै युवा अन्वेषक अर्यालले यो परियोजनाले नेपालीहरु आफ्नै स्रोत र जनशक्ति प्रयोग गरेर पुरातात्विक अन्वेषण गर्न सक्षम छन् भन्ने प्रमाणित गरेको बताउनुभयो । उहाँले वैज्ञानिक विधिबाट गरिने पुरातात्विक अन्वेषणमा विदेशी विशेषज्ञको निर्भरता अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो  । नेपाली जनशक्ति र स्रोतबाटै गुफा अन्वेषणमा यसरी भूभौतिकी सर्वेक्षण गरिएको सम्भवतः पहिलो पटक भएको उहाँको दावी छ । त्यस्तै, यस परियोजनाका संयोजक प्रा.डा.सोमप्रसाद खतिवडाले चन्द्रागिरि क्षेत्र ऐतिहासिक समयदेखिकै मानव बसोबासको क्षेत्र हुने पर्याप्त सम्भावना देखिएकाले यस क्षेत्रको प्राग् ऐतिहासिक अध्ययन हुनु जरुरी छ भन्नुभयो ।

त्यस्तो अध्ययनका लागि त्रिविको संस्कृति विभाग सक्षम रहेको जनाउँदै चन्द्रागिरि र त्रिविविको सहकार्यमा यस्ता अध्ययन अन्वेषणको काम गर्नु उचित हुने उहाले सुझाव दिनुभयो । कार्यक्रममा त्रिवि संस्कृति विभागका विभागीय प्रमुख महेशकुमार आचार्यले पौराणिक वाणासुर गुफा र सुन्दर एवम् भव्य सुप्रभा नगरिको चर्चा रहेको यो क्षेत्रमा गुफालगायत अन्य विविध सांस्कृतिक एवम् पुरातात्विक खोजी आवश्यक रहेको बताउनुभयो । यस्तो अध्ययनका लागि विश्वविद्यालय नै उचित संस्था भएको जनाउँदै चन्द्रागिरि र त्रिवि मिलेर यस्ता स्थलको अध्ययन अन्वेषण गर्नुपर्छ भन्नुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.