भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

शहीदको सम्मानमा मूर्ति निर्माण

शहीदको सम्मानमा मूर्ति निर्माण

तनहुँ । शुक्लागण्डकी नगरपालिका–२ स्थित हलेदीमा जनयुद्धका शहीदको सम्मानमा प्रतिकात्मक मूर्ति निर्माण गरिएको छ । करिब बीस फिट अग्लो स्तम्भ निर्माण गरेर स्तम्भमाथि बन्दुक बोकेका महिला र पुरुषको प्रतिकात्मक मूर्ति निर्माण गरिएको हो । महिलाको साढे पाँच फिट र पुरुषको छ फिटको अग्लो मूर्ति राखिएको छ ।  शहीदको बलिदानलाई सम्मान गर्दै इतिहासलाई जीवन्त राख्न शहीद स्मृति पार्क संरक्षण समितिका सचिव सोमलाल रिमालले जानकारी दिए ।

करिब ४३ रोपनी सार्वजनिक जग्गामा शहीद पार्क निर्माण गरिएको छ । उक्त पार्कभित्र विभिन्न जातका फूल तथा बिरुवा रोप्ने कार्यसमेत सम्पन्न भइसकेको छ । स्तम्भ र मूर्तिमा रङरोगनलगायतका काम सम्पन्नपश्चात् अनावरण गर्ने कार्यक्रम रहेको सो समितिले जनाएको छ । यहाँ घर भई विभिन्न स्थानमा गएर शहादत प्राप्त गरेका ६३ शहीद भएका र राज्यबाट १६ व्यक्ति बेपत्ता बनाइएको थियो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु २५ लाख र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट रु पाँच लाख गरी कूल रु ३० लाखको लागतमा प्रवेशद्वार, बाटो, स्तम्भ तथा मूर्ति निर्माणलगायतका कार्य गरिएको शहीद स्मृति पार्क संरक्षण समितिका अध्यक्ष दिनेश गौतमले जानकारी दिए । शहीदको सम्झनामा पार्क निर्माण गरिएकाले आगामी दिनमा यसको विकासका लागि प्रदेश र सङ्घीय सरकारसँग हातेमालो गर्दै अघि बढ्ने योजना रहेको उहाँले बताउनुभयो ।

चार महिनामा बन्यो मूर्ति

महिला र पुरुष गरी दुई व्यक्तिको मूर्ति निर्माण गर्दा चार महिना समय लागेको मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले जानकारी दिए । करिब बीस फिट अग्लो स्तम्भ निर्माण गरेपछि उक्त प्रतिकात्मक मूर्ति राख्ने कार्य सम्पन्न भएको बताए। ढलौटबाट निर्माण गरिएका दुई मूर्ति करिब ३५० किलोग्राम रहेको छ ।

उहाँले भन्नुभयो, “उक्त मूर्ति तयार गर्दासम्म करिब रु २१ लाख खर्च भएको छ ।” मूर्तिकार श्रेष्ठले यसअघि प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही देवीको मूर्ति निर्माण गरिसक्नुभएको छ । साना ठूला गरी हालसम्म करिब १०० को हाराहारीमा मूर्ति निर्माण गरिसकेको उहाँले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.