शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा खोप कार्यक्रम बन्द

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा खोप कार्यक्रम बन्द

काठमाडौं । ५० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कोरोनविरुद्धको नियमित खोप कार्यक्रम बन्द गरिएको छ । स्वास्थ्यकर्मी धमाधम संक्रमित भएपछि खोप कार्यक्रमा ७ दिनसम्मका लागि स्थगित गरिएको अस्पतालले जनाएको छ ।

खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एव अन्य कर्मचारीमा संक्रमण पुष्टि भएकाले माघ १६ गतेसम्मका लागि खोप कार्यक्रम स्थगित भएको अस्पतालले सूचना जारी गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.