भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

शोभा प्रधानको निधनमा शोक प्रस्ताव पारित

शोभा प्रधानको निधनमा शोक प्रस्ताव पारित

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा रहेकाmे बाह्रौं नगरसभाको बैठकले स्व. शोभा प्रधान (बिजुक्छेँ) को निधनमा शोक प्रस्ताव पारित गरेको छ । आइतबार भक्तपुर नगरपालिकाको जारी बाह्रौं नगरसभाको बैठकले भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैंया सुवालले प्रस्तुत गरेको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

बैठकले महिलाहरुलाई राजनैतिक चेतना सँगसँगै क्यान्सर रोगबारे स्वास्थ्य सचेतना जगाउने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने स्व. शोभा प्रधानको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) का जीवनसंगिनी तथा नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय कोषाध्यक्ष र नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य शोभा प्रधानको क्यान्सर रोगको उपचारका क्रममा २०७९ असार ८ गते निधन भएको थियो ।

बैठकमा बोल्नुहुँदै प्रमुख प्रजापतिले शोभा प्रधानको निधनले पार्टी र कार्यकर्तामाझ अपूरणीय क्षति पुगेको बताउँदै देश र समाजको निम्ति गर्नु भएको योगदानका कारण उहाँ अमर हुने बताए । समाज परिवर्तनमा प्रधानको उल्लेखनीय योगदान रहेको चर्चा गर्दै प्रमुख प्रजापतिले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको राजनीतिक जीवन सहज र सफल बनाउन शोभा प्रधानले निर्वाह गरेको भूमिका प्रशंसनीय र अविष्मरणीय रहेको उल्लेख गरे ।

 


Thali Mobile Pvt.Ltd.