भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संस्कृति र परम्परा सबै जातजातिको साझा सम्पत्ति होः मुख्यमन्त्री शाक्य

संस्कृति र परम्परा सबै जातजातिको साझा सम्पत्ति होः मुख्यमन्त्री शाक्य

बाग्मती । बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालका संस्कृति र परम्परा सबै जातजातिको साझा सम्पत्ति भएको बताइन्र् । आज नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुर शाखाले हेटौँडामा आयोजना गरेको चियापान कार्यक्रममा देशको सांस्कृतिक धरोहरको रुपमा विकास हुँदै गएका चाडपर्व अमूल्य निधि भएको चर्चा गर्दै उहाँले दसैँ, तिहार, नेपालको मौलिक संवत् नेपाल संवत्को नयाँ वर्ष तथा छठपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई शुभकामना व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री शाक्यले देशका सबै धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न प्रदेश सरकार लागिपर्ने बताइन्र्  । विजयादशमी, तिहार, नेपाल संवत् तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रदेशका मन्त्री, मकवानपुरबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद तथा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो ।

 


Thali Mobile Pvt.Ltd.