भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सक्षम साकोसको भ्रमण टोली भक्तपुरमा

सक्षम साकोसको भ्रमण टोली भक्तपुरमा

भक्तपुर । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सक्षम बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रमेशकाजी श्रेष्ठको नेतृत्वमा भक्तपुरको सहकारी तथा सांस्कृतिक अध्ययन भ्रमण टोलीले भेट गरेको छ ।

भेटका क्रममा भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, विकास निर्माण, सहकारी गतिविधिलगायतका विविध विषयबारे छलफल तथा अनुभव आदानप्रदान गरेको हो । भ्रमण टोलीलाई भक्तपुर नपामा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले आर्थिक लेनदेन तथा कारोबार हुने ठाउँमा आर्थिक अनियमितता तथा भ्रष्टाचारको सम्भावना हुने भएकाले आर्थिक क्षेत्रमा पारदर्शी ढंगले काम गर्नुपर्ने बताए ।

सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्नेमा जोड दिदै भक्तपुर नपाले नगरबासी विद्यार्थीहरुको लागि शैक्षिक ऋण, सस्तोमा गुणस्तरीय शिक्षा, सरसफाई अभियान पनि अगाडि बढाइरहेको बताए ।

सक्षम साकोसका अध्यक्ष रमेशकाजी श्रेष्ठले भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षणमा भक्तपुर नपाले महत्वपूर्ण योगदान पु¥याउँदै आएको र भक्तपुर नपाले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गरिरहेको कामबाट आफूहरुले सिक्न चाहेको बताए ।

सक्षम साकोस अन्य क्षेत्रको भन्दा फरक ढंगले सामाजिक उत्तरदायित्व बहन गर्दै अगाडि बढिरहेको अवगत गराए । भेटपश्चात सक्षम साकोसका प्रतिनिधि टोलीलाई भक्तपुरमा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन गराएको थियो ।

 


Thali Mobile Pvt.Ltd.