भर्खरै : Sorry, your browser does not support inline SVG.

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको अस्पतालले जनाएको छ ।

जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको ललितपुरस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ।

आइतबारदेखि छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको र मुटुसम्बन्धी समस्या देखा परेकाले त्यसको नियन्त्रणका लागि सघन उपचार कक्ष आईसीयूमा राखी उपचार थालिएको छ।

मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । स्वास्थ्यमा सुधार नभएको उनका भतिज अजरमान जोशीले बताए।

 


Thali Mobile Pvt.Ltd.