काठमाडौं । कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक बनेको छ । साउनदेखि पुस मसान्तसम्म ६ महिनाको वित्तीय विवरण बैंकले मंगलबार सार्वजनिक गरेको हो । बैंकले अघिल्लो वर्ष ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा कमाउँदा यस वर्षको समीक्षा अवधिमा जम्मा ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ मात्र कमाउन सकेको जनाइएको छ ।
यस वर्ष गैर सञ्चालन आम्दानी खासै नगरेकाले खुद नाफा घटेको बैंकले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकको नाफामा अधिकतम् ११.८९ प्रतिशतले गिरावट आएको छ ।
