भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

समाजवादी प्रेस सङ्गठनको ध्यानाकर्षण

समाजवादी प्रेस सङ्गठनको ध्यानाकर्षण

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले पत्रपत्रिका वर्गीकरणसम्बन्धी मापदण्ड समय सान्दर्भिक र वैज्ञानिक बनाई कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।सङ्गठनले अन्यायमा परेर पुनःवर्गीकरणको माग गरेका सञ्चारमाध्यमलाई विनापूर्वाग्रह वर्गीकरणमा समावेश गरी राहत दिन र अनलाइनको पनि वर्गीकरण गर्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको हो ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डलले काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसमक्ष पत्रपत्रिका वर्गीकरणलाई न्यायोचित बनाउन र पुनरावलोकनमा परेका निवेदनमाथि सुनुवाइको नतिजा चाँडै सार्वजनिक गर्न माग ग¥यो ।उहाँले नतिजा प्रकाशनमा ढिलो हुँदा चालू आर्थिक वर्षका लागि वर्गीकरणको फाराम भर्ने निवेदनको सूचना निकाल्न ढिलाई भएकाले सूचना चाँडै प्रकाशन गर्न काउन्सिलको ध्यानाकर्षण गराउनुभयो ।

सङ्गठनको गत चैत १२ र १३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको विस्तारित बैठकमा पनि वर्गीकरण पक्षपातपूर्ण भएकाले व्यवस्थित गर्न सुझाव दिइएको थियो ।काउन्सिलका अध्यक्ष बस्नेतले सङ्गठनले लामो अध्ययन र अनुसन्धान गरी उपलब्ध गराएको सुझावले समग्र सञ्चार जगतलाई फाइदा हुने भएकाले वर्गीकरणलाई विवादरहित बनाइने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.