भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सरकारलाई विप्लवको चेतावनी

सरकारलाई विप्लवको चेतावनी

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चेतावनी दिएका छन् ।

आज झापाको विर्तामोडमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले जनयुद्धलाई अपराधीकरण नगर्न चेतावनी दिएका हुन् ।

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका नेताले जनयुद्धप्रति गरेको टिप्पणीतर्फ लक्षित गर्दै उनले यस्तै गरे फेरि जनयुद्ध १० फिटबाट जागेर आउने जिकिर गरे ।

शोषित, पीडित महिला, बालबालिका र दलित, जनजाती र उत्पीडित वर्गको मुक्तिका लागि भएको युद्ध स्मरण गराउँदै उनले जनयुद्धमाथि अपमान गर्ने छुट कसैलाई नभएको बताए ।

 


Thali Mobile Pvt.Ltd.