भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

सरकारले दुई कट्टा चामल दिनुभन्दा धानखेत बनाउन सहयोग पुर्‍याए दीर्घकालीन समस्या समाधान हुन्छ

सरकारले दुई कट्टा चामल दिनुभन्दा धानखेत बनाउन सहयोग पुर्‍याए दीर्घकालीन समस्या समाधान हुन्छ

सुर्खेत । असोज ३१ देखि कात्तिक १ गतेसम्मको अविरल वर्षाले धानखेत बगर बनेपछि जुम्लाका किसानहरुको कमाइखाने आधार बन्द भएको छ । मार्सी धानको भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का स्थानीय किसानहरुको मुखमा गाँस खोसिँदा बेसाहारा बनेका हुन् ।

यहाँ किसानहरु कात्तिक २ गते धान काटेर भण्डारण गर्ने तयारीमा थिए तर दशैका कारण धानबाली भण्डारण गर्न पाएका थिएनन् । विगतका वर्षमा भन्दा यस वर्ष धान निकै राम्रो फलेको किसानहरुले बताएका थिए तर
एक दिनको ढिलाले उनीहरुको जीउने आधार बगर बन्न पुग्यो । पसिना बगाएर फलाएको अन्नबाली बाढीले बगाउँदा अहिले त्यहाँका किसान भोकमरीको चिन्ताले पिरोलिन थालेको एक किसानले बताए ।

बाढीले अन्न उत्पादन गर्ने धानखेत बगर बनेको छ । सरकारले दुई कट्टा चामल दिनुभन्दा धानखेत बनाउन सहयोग पुर्‍याए दीर्घकालीन समस्या समाधान हुन्छ । जनताको दुःखको बेला दुःख बुझ्न नआउने जनप्रतिनिधि र सरकार चुनावताका खेत–खेतमा धान रोप्न सहयोग गरेजस्तो गर्दै भोट माग्न आउँने किसानहरुले दुखेसो पोखे ।

सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाढीले तातोपानी गाउँपालिका(४ गिरीखोला जुम्लाको सिँचाइ क्षेत्रमा मात्र १५ करोड क्षति पुर्‍याएको छ । विद्युत नहुँदा तिला तथा तातोपानी गाउँपालिका–४ जुम्लाका स्थानीय समुदाय अन्धकारमा रात बिताउँदै आएका छन । कात्तिक २ गते रातिको बाढीले यहाँ चारवटा विद्युतगृह ध्वस्त बनाएको थियो ।

बाढीले यहाँका घर, विद्यालय, विद्युत्, स्याउ बगैँचा, दर्जनौँ काठका पुल, खानेपानी परियोजना, स्थानीय घट्ट र विशेषगरी चार हजार रोपनीभन्दा बढी धान खेतीयोग्य भूमि बगर बनाएको छ । धेरै किसान सुकुम्बासी हुनुपर्ने समस्या आइलागेको छ ।

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले घरसहित करेसाबारी क्षति भएकालाई आठ लाख ५० हजार र घर क्षति मात्र भएकालाई पाँच लाख दिने सरकारले निर्णय गरेको बताए ।

धानखेती क्षतिको यकिन विवरणलाई आधार मानी बाढीले ढाकेको र बगर बनाएको अवस्थाअनुसार किसानलाई राहत वितरण तथा क्षतिपूर्ति न्यायायिक ढङ्गले गरिने उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.