भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुकाे कालोपट्टी बाँधेर विरोध प्रदर्शन

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुकाे कालोपट्टी बाँधेर विरोध प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएशनको अगुवाईमा कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

कानून व्यवसायीहरुल सर्वोच्च अदालत परिसरको एक छेउँमा ब्यानर बोकेर उभिएका छन् । प्रदर्शनमा पूर्वसभामुख दमननाथ ढुंगानादेखि पूर्व सांसद तथा बरिष्ठ वामपन्थी नेता कमल कोइरालासम्म सहभागी रहेका छन् । बारको आन्दोलनको अग्रभागमा पूर्वअध्यक्षहरु छन् ।

सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालतका कर्मचारीहरुलाई मुख्य गेटमा परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ भने कर्मचारी बाहेकलाई प्रवेशमा रोक लगाएको छ ।

नेपाल बार एशोसिएसनको आजदेखि तीन दिनसम्मको कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको प्रर्दशन गरेको हो ।
नेपाल बार एशोसिएशनले विकृति, विसंगति, भ्रष्टाचार, न्यायपालिकाको स्वच्छता र गरिमालाई प्रधानन्यायधीस जवराले कायम राख्न नसकेकाले राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.