भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुकाे कालोपट्टी बाँधेर विरोध प्रदर्शन

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुकाे कालोपट्टी बाँधेर विरोध प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएशनको अगुवाईमा कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

कानून व्यवसायीहरुल सर्वोच्च अदालत परिसरको एक छेउँमा ब्यानर बोकेर उभिएका छन् । प्रदर्शनमा पूर्वसभामुख दमननाथ ढुंगानादेखि पूर्व सांसद तथा बरिष्ठ वामपन्थी नेता कमल कोइरालासम्म सहभागी रहेका छन् । बारको आन्दोलनको अग्रभागमा पूर्वअध्यक्षहरु छन् ।

सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालतका कर्मचारीहरुलाई मुख्य गेटमा परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ भने कर्मचारी बाहेकलाई प्रवेशमा रोक लगाएको छ ।

नेपाल बार एशोसिएसनको आजदेखि तीन दिनसम्मको कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको प्रर्दशन गरेको हो ।
नेपाल बार एशोसिएशनले विकृति, विसंगति, भ्रष्टाचार, न्यायपालिकाको स्वच्छता र गरिमालाई प्रधानन्यायधीस जवराले कायम राख्न नसकेकाले राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.