भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारसंग समन्वय नहुँदा सेनालाई समस्या

सरकारसंग समन्वय नहुँदा सेनालाई समस्या

काठमाडौं । सरकारी संयन्त्रबीच समन्वय हुन नसक्दा नेपाली सेनाले फास्ट ट्रयाक निर्माणको काममा समस्या भएको बताएको छ । काठमाडौं तराई द्रुतमार्ग खोकनामा विवाद सिर्जना भएपछि उसले यस्तो बताएको हो ।

संसदको विकास तथा प्रविधि समितिमा भएको छलफलमा सेनाले बाहिरी चक्रपथ निर्माण, स्मार्ट सिटी निर्माण लगायत आयोजनाका विषयमा सरकारी निकायबीच नै समन्वय हुन नसकेको बताएको जिकिर गरेको छ ।

द्रुतमार्ग निर्माण हुँदा नै स्थानीयले जग्गा नमासिनेगरी काम गर्न आग्रह गरेपछि बागमतीमा दुईवटा पुल थप्नेगरी काम सुरु गरिएको भए पनि बाहिरी चक्रपथ र स्मार्ट सिटी परियोजनामा आवश्यक समन्वय हुन नसक्दा समस्या बढेको सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले बताए ।

 


Thali Mobile Pvt.Ltd.