भर्खरै : Sorry, your browser does not support inline SVG.

बलात्कार गरेकाे आराेपमा वडाध्यक्ष पक्राउ

बलात्कार गरेकाे आराेपमा वडाध्यक्ष पक्राउ

ओखलढुङ्गा । मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् । एक महिलालाई बलात्कार गरेको उजूरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । मादकपदार्थ सेवन गरेर महिलाको घरैमा गएर बलात्कार गरेको महिलाले बताएकी छन् ।

महिलाले दिएको उजिरीका आधारमा वडाध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रुपेश खड्काले बताए । अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

घटना स्थानीयस्तरमा मिलाउने प्रयास गरिए पनि पीडित महिलाले नमानेर प्रहरीमा पुगेपछि वडाध्यक्ष पक्राउ परेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.