भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

सर्लाही कांग्रेस सभापतिमा सिंह विजयी

सर्लाही कांग्रेस सभापतिमा सिंह विजयी

काठमाडौं । नेपाली कांग्रेसको सर्लाही जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् । उनले १७५८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी लक्ष्मण रायले १३७८ मत ल्याए ।

उपसभापतिमा डाक्टर सरोज कुमार १७६४ मत र नवीप्रसाद अधिकारी १४९३ मतका साथ विजयी भएका छन् । उपसभापतिका अन्य दुई उम्मेदवार शेष सहदुल्लाहले १४७४ र रविनन्दन चौधरीले १३१४ मत पाए ।

सचिवमा निरज कार्की १७२६ र मनोजकुमार यादव १४२६ मतका साथ विजयी हुँदा उनीहरूका प्रतिस्पर्धी कष्णराज रायमाझीले १४१२ र नरेन्द्र भट्टराईले १३९९ मत पाए ।

सहसचिवमा इन्द्रबहादुर योञ्जनले १७११ मत र सुनिलकुमार कुशवाह १५७९ मतका साथ निर्वाचित भए । सहसचिवका उम्मेदवार सूर्यबहादुर खड्काले १३६५ दिनेश मिश्रले १२३७ मत प्राप्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.