भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

सल्लेरीका विस्थापित परिवारलाई हेलिकप्टरबाट राहत

सल्लेरीका विस्थापित परिवारलाई हेलिकप्टरबाट राहत

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सल्लेरीका विस्थापित परिवारका लागि आज अत्यावश्यक राहात सामग्री पुयाइएको छ । लगातारको वर्षाका कारण बुढीगण्डकी नदीमा आएको भिषण बाढीले घर बगाएर विस्थापित भएका सल्लेरीका बाढी पीडितलाई सिम्रिक एयरको हेलिकप्टरबाट राहत सामग्री पुयाइएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिए । गण्डकी प्रदेश सरकारले विस्थापितका लागि उपलब्ध गराएको ३० थान टेन्ट, उद्योग वाणिज्य सङ्घ र लायन्स क्लब अफ गोरखामार्फत प्राप्त भएको एक हजार ४४० किलो चामल, ६० लिटर खानेतेल, नुन, दाललगायत सामग्री त्यहाँ पठाइएकोे प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

सेफ्टी किट र औषधिलगायत अत्यावश्यक सामग्री पनि सल्लेरी पुयाइएको उहाँले बताउनुभयो । त्यस्तै विस्थापितका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले ९० थान कम्बल उपलब्ध गराएर हेलिकप्टरमार्फत नै सल्लेरी पठाइएको शाखाका सभापति भगवानबावु मास्केले जानकारी दिए । छब्बीस घरधुरी रहेको सल्लेरीमा बुढीगण्डकी नदीमा आएको बाढीले पाँच घर बगाएको छ भने गाउँ नै जोखिममा परेको छ । प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीका लागि माउण्टेन चाइल्ड जावलाखेलले हेलीकप्टर चार्टर गरिदिएको हो ।

संस्थाले पाँच पटक गरेर राहत सामग्री सल्लेरी पु¥याएको संस्थाका समन्वय अधिकृत सर्मिला मानन्धरले जानकारी दिए । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा एक स्थानीय संस्थासँग समन्वव्य गरेर शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले विस्थािपतका लागि सेफ्टी किटमा सर्जिकल मास्क, स्यानिटाइजर, साबुन, टुथपेष्ट, ब्रस, रुमाल, टिस्यूपेपर, बिस्कुट तथा स्यानिटरी प्याड जस्ता सामग्री पठाएको छ ।

 


Thali Mobile Pvt.Ltd.