सशस्त्र प्रहरी महानिरीक्षक कप सुरु

सशस्त्र प्रहरी महानिरीक्षक कप सुरु

काठमाडौँ, । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आजदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप,२०७८’ सुरु भएको छ । प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्सका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । तियोगितामा १८ महिलासहित कूल ३५१ खेलाडीको सहभागिता छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयका एक–एक टोलीसहित नौ समूह सहभागी छन् । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले फुटबलका राष्ट्रिय रेफ्री मधुकर आचार्यलाई खेलकुद सामग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको शुभारम्भ गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.