भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

सहकारीले अनुदानको मल बिक्री गर्न पाउने

सहकारीले अनुदानको मल बिक्री गर्न पाउने

दाङ । राप्ती र गढवा गाउँपालिकामा अनुदानको मल बिक्रीवितरणका लागि सहकारीलाई अनुमति दिइएको छ । सरकारद्वारा गत भदौ १ गते जारी गरिएको अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका –२०७७ मा स्थानीय सरकारले तोकेका कृषि सरकारी, फर्म तथा कम्पनीले अनुदानको मलखाद वितरण गर्न पाउने व्यवस्था छ ।

मापदण्ड पुगेका आधारमा राप्तीका आठ र गढवाका १३ सहकारीले मल बिक्री गर्न पाउने अख्तियारी पाएको कृषि विकास अधिकृत महेश अधिकारीले जानकारी दिए । राप्ती गाउँपालिकाभित्र रहेका सहकारी छनोट गरी अनुदानको रासायनिक मल बिक्रीवितरणका लागि कार्यक्षेत्र समेत तोकिएको छ ।

सोअनुसार इच्छुक स्मृति कृषि सहकारी संस्थाले वडा नं १, २ का पूरै र ३ नं वडाको मसुरिया बड्का गल्लीबाट पूर्वी भाग तथा ९ नं वडाको रुपाकोट क्षेत्र, स्वरोजगारी पशुपक्षी विकास सहकारी संस्थाले वडा नं ४ को पूरै, ३ नं वडाको मसुरिया वड्का गल्लीबाट पश्चिम भाग र ९ नं वडाको देवीकोट क्षेत्रमा काम गर्ने कृषि प्राविधिक सहायक सीमा भट्टले जानकारी दिए ।

त्यसैगरी गढवा गाउँपालिकाभित्र रहेका सहकारी संस्थाले साविक गङ्गापरस्पुर गाविस –४ र ६ तथा साविक गढवा गाविसका २, ३ र ४, जनसहभागिता उपभोक्ता सहकारी संस्थाले साविक गढवाका १ र ५ तथा कोइलावास गाविस, परी कृषि सहकारी संस्थाले साविक गढवा गाविसका ८ र ९ तथा प्रभावकारी कृषि सहकारी संस्थाले साविक गढवा गाविसका ६ र ७ मा मलखाद बिक्रीवितरण गर्न पाउने अख्तियारी पाएका छन् ।

नेपाल सरकारद्वारा अनुदानमा उपलब्ध हुने रासायनिक मल राप्ती र गढवा गाउँपालिकाका कृषकलाई कार्यालयबाट छनोट भएका सहकारीको बिक्री मूल्य सम्बन्धित कम्पनीबाट उपलब्ध हुने मूल्यमा लोड अनलोड वापत प्रतिबोरा ५० केजीको रु १४ तथा ढुवानी खर्च र व्यवस्थापन खर्चवापत रु ५० गरी प्रतिबोरा रु ६४ मात्र थप गरेर बिक्री मूल्य निर्धारण गर्ने बताइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.