भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सांसदलाई छुरा हानी हत्या

सांसदलाई छुरा हानी हत्या

काठमाडौं । पूर्वी इङ्ल्याण्डको चर्चामा बैठकमा सहभागी भएका सांसदको छुरा हनी हत्या भएको छ । बेलायतका सांसद डेभिड एम्सको छुरा हानी हत्या भएको हो । वेलफेयर मेथोडिस्ट चर्च स्थानीयहरुसँग छलफल गरीरहेको अवस्थामा सांसद एम्समाथि आक्रमण भएको जनाइएको छ । आक्रमणम गम्भीर घाइते भएका एम्सको उपचारका क्रममा मृत्यु भएको छ ।

एम्समाथि आतंकवादीहरुले आक्रमण गरेको त्यहाँको सरकारको भनाई छ । प्रहरीले घटनामा संलग्न भएको आशंकाम २५ वर्षका एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ । एम्स सन् १९९७ देखि साउथेन्ड वेस्टका लागि सांसद निर्वाचित भएका हुन ।

सन् २०१६ मा पनि लेबर पार्टीका सांसद जो कोक्समाथि उत्तरी इंग्ल्याण्डको निर्वाचन क्षेत्रमा गोली हानी हत्या गरिएको थियो । बेलायतका प्रधानमन्त्री बोरिस जनसनले घटनाप्रति दुख व्ज्यक्त गर्दै दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.