भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

साग भनेर धतुरो खाँदा  एकको मृत्यु, दुई जना बिरामी

साग भनेर धतुरो खाँदा  एकको मृत्यु, दुई जना बिरामी

लमजुङ । साग भनेर धतुरो खाँदा एक जनाको ज्यान गएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा ८३ वर्षीय पवित्रा खड्काको जनाको ज्यान गएको छ भने दुई जना बिरामी भएका छन् ।

लमजुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी कृष्णबहादुर कार्कीका अनुसार आइतबार साँझ खानासंग साग भनेर धतुरो खाएका उनीहरु राती बेहोस भएका र सोमबार अबेरसम्म ढोका नखोलेपछि छिमेकीले हेर्दा सबै बेहोस अवस्थामा भेटिएको बताए ।

डीएसपी कार्कीले भने, ‘बेहोस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीलाई बेंसीसहरस्थित जिल्ला अस्पालमा उपचारपछि घर फर्किएका छन् भने पवित्रा खड्को मृत्यु भएको छ ।’

 


Thali Mobile Pvt.Ltd.