भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सार्वजनिक स्थानमा बुर्का लगाउन नपाइने

सार्वजनिक स्थानमा बुर्का लगाउन नपाइने

काठमाडौँ । श्रीलङ्कामा अब सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने भएको छ । राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलङ्काले अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन भनेको छ ।

छोटो समयको लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको तर अब यसलाई स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको श्रीलङ्काका सुरक्षामन्त्री शरत वीरशेखरले बताए ।

सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने सम्बन्धी निर्णयमा मन्त्रिपरिषद्मा हस्ताक्षर भइसकेको र संसदले अनुमोदन गर्न बाँकी रहेको उनले बताएका छन् । श्रीलङ्कामा बुर्कालाई धार्मिक चरमपन्थको प्रतीकको रुपमा लिँदै आएको छ ।

बुर्काका कारण राष्ट्रिय सुरक्षालाई असर गरिरहेको र यसलाई स्थायी रुपमै रोक्न निर्णय लामो समयदेखि रोकिएर बसेको सरकारी अधिकारीहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.