भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ । काठमाडौँको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आज बिहान मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा निधन भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.