भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

सिन्धुपाल्चोक पहिरोमा ७ जना र कालिकाेट पहिराेमा ६ जनाको शव भेटियो, ३३ जना अझै बेपत्ता

सिन्धुपाल्चोक पहिरोमा ७ जना र कालिकाेट पहिराेमा ६ जनाको शव भेटियो, ३३ जना अझै बेपत्ता

३० साउन काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेका अनुसार उनीहरुको सनाखत भने हुन सकेको छैन। पहिरोमा परेर गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

चार जनाको सदरमुकाम चौतारामा उपचार भइरहेको छ भने एक जना घाइतेलाई काठमाडौंको सिभिल अस्पताल ल्याइएको छ। नेपाली सेनाको टोलीले गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरेको हो । गृहमन्त्री रामबहादुर थापा राहत सामाग्री लगेर अहिले सिन्धुपाल्चोक तर्फ लागेका छन् ।

कालिकोट पहिरोमा ६ जनाको मृत्यु
यता कालिकोटको महावै गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण राज बहादुर विष्टको घरमा पहिरो जाँदा छ जनाको मृत्यु भएको हो ।

कालिकोट नरहरीनाथ गापाको वडा न १ मा दुईजना च्यापिएको अवस्थामा हेलिकप्टरबाट उद्धार गरी नेपालगंज रिफर गरिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले कैलाश खबरलाई बताए । जोखिमपूर्ण वस्ती सार्ने कार्य भैरहेको उनले जानकारी दिए । सुरक्षित ठाउँमा राखेर पानपीनको व्यवस्था मिलाउन स्थानीय तहलाई भनिसकेको उनको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.