भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिमकोट आउन थाल्यो गाउँको ताजा तरकारी

सिमकोट आउन थाल्यो गाउँको ताजा तरकारी

सिमकोट । वर्षायाम सुरु भएसँगै हुम्लाको सदरमुकाम सिमकोटमा गाउँका ताजा तरकारी आउन थालेको छ । ठेहे, लाङ्दु, याङचु, मजा, छिप्रा नल्लालगायत गाउँबाट दैनिक ताजा तरकारी आउनाका साथै खपत पनि राम्रो हुने गरेको हो । बजारमा फर्सी, काउली, बन्दा, खुर्सानी, आलु, गोलभेडालगायतको बिक्री बढेको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी बलवान बोहराले बताए।

खार्पुनाथमा गोलभेँडा उत्पादन

खार्पुनाथ गाउँपालिका–४स्थित नल्ला र छिप्रा गाउँमा उत्पादित गोलभेँडाले छिमेकी गाउँपालिकामा पनि बजार पाएको छ । घरघरमै टनेल बनाएर गोलभेँडा खेती सुरु गरिएको छ । यसको उत्पादन बढेर छिमेकी गाउँपालिकामा पनि बिक्री गरी आम्दानी बढाउन यहाँका किसान सफल भएका हुन् ।

बिहानै सदरमुकाम सिमकोटमा गोलभेँडा बिक्री गर्न आएका छिप्राका प्रगति रावलले गाउँमा उत्पादन भएको गोलभेँडाले सिमकोटमा राम्रो बजार पाएको छ भन्नुभयो । गोलभेँडा पाकेर लटरम्म भएपछि एक किसानले दैनिक २५ किलोसम्म गोलभेँडा सिमकोटसम्म पुयाएर बिक्री गर्दै आएको छ ।

प्रतिकेजी रु २०० मा बिक्री हुने गोलभेँडाबाट दिनमै रू आठ हजारसम्म कमाइ हुने गरेको अर्का किसान संयोग शाहीले बताए । ती गाउँका ३० घरधुरीले यो खेती गर्दै आएका हुन् । यहाँको उत्पादनले अहिले नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग भइ आउने गोलभेँडाको भर पर्नुपर्ने बाध्यता टरेको छ ।

 


Thali Mobile Pvt.Ltd.