भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सीमानाका सञ्चालन गर्न माग

सीमानाका सञ्चालन गर्न माग

पोखरा । कोभिड–१९ महामारीका कारण बन्द रहेका नेपाल–भारतबीचका सीमानाका अविलम्ब खुला गर्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले माग गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले संस्थाका तर्फबाट विज्ञप्ति जारी गर्दै सरकारसमक्ष त्यस्तो माग गर्नुभएको हो । सङ्घले उक्त विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष ध्यानाकर्षणपत्रसमेत बुझाएको छ ।

ध्यानाकर्षणपत्रमा विगतको तथ्याङ्कअनुसार नेपाल आगमन हुने पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा छिमेकी मुलुक भारतबाट स्थलमार्ग हुँदै आगमन हुने रहेको उल्लेख गर्दै छिमेकी मुलुकबाट पर्यटक भित्र्याएर वर्तमान समयमा देखिएको पर्यटकको अभावलाई केही हदसम्म पूर्ति गर्न सकिने जनाउँदै नाका खोल्न आग्रह गरिएको छ ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, “अन्य देशबाट हवाईमार्ग हुँदै आउने पर्यटकलाई अनुमति प्रदान गरिएको अवस्था छ, राजनीतिक तथा अन्य गतिविधिको भेला, सभा, सम्मेलन निर्वाधरूपमा सञ्चालन भइरहेका छन्, सम्पूर्ण पर्यटकीय गतिविधि र गन्तव्य खुलिसकेको अवस्थामा पर्यटन व्यवसायलाई राहत प्रदान गर्न र वर्तमान समयमा पर्यटकको अभावलाई पूर्ति गर्न आवश्यक देखिन्छ । तसर्थ स्वास्थ्य सुरक्षाका सावधानी, मापदण्ड र कार्यविधि अपनाई भारतसँग जोडिएका सीमानाकालाई अविलम्ब पुनः सञ्चालनको वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसमक्ष जोडदार माग गर्दछौँ ।”

नेपाल सरकारले होटल, रेष्टुरेण्ट, हिमाल आरोहण, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधि सञ्चालनका लागि अनुमति प्रदान गरेता पनि अन्तर्राष्ट्रिय पर्यटकको आगमन अत्यन्त न्यून रहेको समेत ध्यानाकर्षणपत्रमा स्मरण गराइएको छ । वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा आएको शून्यतालाई चिर्न र दिगो पर्यटन विकासका लागि आन्तरिक पर्यटन मुख्य मेरुदण्ड रहेता पनि हालको आन्तरिक पर्यटकको आगमनले पोखरालगायत अन्य पर्यटकीय गन्तव्यको अकुपेन्सी आवश्यक मात्रामा पूर्ति गर्न सक्ने स्थिति नरहेको उल्लेख गरिएको छ ।

सङ्घका अध्यक्ष तुलाचनले कोभिड–१९ का कारण अति प्रभावित व्यवसायको रुपमा होटल तथा पर्यटन व्यवसाय भएता पनि हालसम्म कुनै पनि प्रकारको राहत प्याकेज प्राप्त गर्न नसकेको उल्लेख गर्दै सरकारद्वारा आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यमा घोषणा गरेको पुनःकर्जा बैंक तथा वित्तीय संस्थाले साना, मझौला र ठूला व्यवसायीलाई प्रदान गर्न आनाकानी गरेको बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.