भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुडानमा ४० जनाको मृत्यु

सुडानमा ४० जनाको मृत्यु

एजेन्सी । सेनाले गरेको ड्रोन आक्रमणमा मारिनेको संख्या सुडानमा ४० पुगेको छ । मेयो क्षेत्रको खुला बजारमा आइतबार भएको आक्रमणमा ७० जना घाइते भएका छन् । सुडानामा गत अप्रील १५ देखि सरकारी सेना र विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सबीच सुरु भएको द्धन्द्ध राजधानी खार्तुम, पश्चिमी क्षेत्र डार्फरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ ।

युद्धले उग्र रुप लिदाँ पनि दुवै पक्षबीच वार्ता हुन सकेको छैन । बिगत पाँच महिनाको अवधिमा यी दुई समुहबीचको द्धन्द्धले हजारौँको मृत्यु भइसकेको छ भने लाखौँ पलायन भईसकेका छन् । घाइतेहरु सबै अगंभंग अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.