भर्खरै : Sorry, your browser does not support inline SVG.

सशस्त्र प्रहरीलाई एभोकाडो उपलब्ध

सशस्त्र प्रहरीलाई एभोकाडो उपलब्ध

चाँगुनारायण । भक्तपुरको चाँगुनारायण १ दुवाकोटस्थित सशस्त्र प्रहरी बल नम्बर २२ गणलाई एभोकाडो लगायतका विरुवा उपलब्ध गराएको छ । एभोकाडो सिटी अभियानले गणपति दिनेश महतलाई विरुवा उपलब्ध गराएको हो ।

एभोकाडो लगायतका बिरुवा सशस्त्र प्रहरी बल नम्बर २२ गणलाई हस्तान्तरण गरेको अभियानका संयोजक नरेश खड्काको नेतृत्वमा अभियन्ताहरुले सशस्त्र प्रहरी उपरीक्षक दिनेश महतलाई विरुवा हस्तान्तरण गरेका हुन ।

नगरको पर्यावरण र सुन्दरताको लागि मात्र नभई नगरबासीको स्वास्थ्य र आय आर्जन बढाउँन एभोकाड़ो उपयुक्त विरुवा भएको खड्काको भनाइ छ ।

उक्त अवसरमा अभियन्ताहरुले सशस्त्र प्रहरी बल नम्बर २२ गणले सामाजिक अभियानमा देखाएको सहभागिता र सक्रियताको खुलेर प्रशंसा गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.