सुत्केरीलाई निःशुल्क एम्बुलेन्स नगरको पहिलो निर्णय

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स नगरको पहिलो निर्णय

डोटी । स्थानीय तह निर्वाचन २०७९ मा विजयी उम्मेदवारहरुले विभिन्न निर्णयहरु गरिरहेका छन् । यसै गरी डोटीको दिपायल सिलगढी नगरपालिकाका मेयर बाजी खड्काको अध्यक्षतामा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको छ।

सुत्केरी हुने वा भएकालाई नगरपालिकाभित्र निःशुल्क र जिल्ला बाहिर लैजानु परेमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । दिपायल सिलगढी नगरपालिका भित्रका सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क दिने निर्णय जनताको पक्षमा भएको स्थानीयको भनाई छ ।

वर्षे नि सुत्केरी महिलाको समयमा उपचार नपाएर ज्यानै गुमाउनु पर्ने अवस्था आएकाले नगरपालिकाले पहिलो निर्णय नै सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको नव निर्वाचित मेयर बाजी खड्काले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.