भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सूर्यविनायकमा घरेलु तथा कृषि पर्यटन मेलाको आयोजना

सूर्यविनायकमा घरेलु तथा कृषि पर्यटन मेलाको आयोजना

भक्तपुर । घरेलु तथा कृषि पर्यटन उद्योग प्रवर्धनका लागि घरेलु कृषि पर्यटन मेला हुने भएको छ । भक्तपुरमा उत्पादित घरेलु तथा कृषि उत्पादन एवं नेपाली रैथाने उत्पादन, नेवारी खानाका परिकारसहित भक्तपुरको सूर्यविनायकमा मेला हुने भएको छ ।

कृषि, पर्यटन तथा घरेलु उद्योगबाट उत्पादन भएका सामग्रीलाई बजारीकरणमा सहजताका लागि मेलाको आयोजना गरिएको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नम्वर ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले बताए ।

मेलामा ९५ भन्दा बढी स्टल रहने उनको भनाइ छ । नेपाली उत्पादनको प्रयोग गरौँ स्थानीय उत्पादनलाई प्राथमिकता दिऊँ भन्दै उक्त मेला हुन लागेको भक्तपुर घरेलु तथा साना उद्योगका अध्यक्ष प्रेम खर्बुजाले बताए ।

सूर्यविनायक नगरपालिकाको सहयोगमा हुने उक्त मेलामा नेपाली रैथाने उत्पादनहरूको प्रदर्शनी हुने छ । नेपालको कुल गार्हस्थ्य उत्पादनको ठुलो हिस्सा ओगटेको साना तथा घरेलु उत्पादनलाई नेपाली माझ चिनाउन मेला आयोजना गर्न लागेको उनको भनाइ छ ।

मेलामा घरेलु उत्पादनका साथै स्थानीय खानाहरूको स्टल नेवारी खाना, योमरी, चटामरी , समय बजी, बारा, च्याउको छ्वायला तथा च्याउका विभिन्न परिकारहरू समेटिने खर्बुजाले जानकारी दिए ।
विशेष गरी सूर्यविनायक नगरपालिकाका स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्नका लागि उक्त मेलाको आयोजना गरिएको भक्तपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष राम सुन्दर भेलेले बताए ।

सूर्यविनायक नगरपालिका वडा नम्वर ८ स्थित हरित कृषि थोक बजार आदर्श चोकमा हुने उक्त मेलामा भक्तपुर साङ्गीतिक समाजले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्ने साङ्गीतिक समाजका अध्यक्ष प्रवीण शाहीले बताए ।

मेलामा घरेलु, कृषि, पर्यटन, हस्तकला, काष्ठकला, धातुकला, विद्युतीय सामग्रीहरू, नेवारी खाना, विभिन्न खानाहरू, सहकारी, बैङ्किङ, शिक्षा, लगायतका स्टलहरू समावेश हुने छन् ।

 


Thali Mobile Pvt.Ltd.