भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

सोमालियाको आत्मघाती विष्फोटमा ७ को मृत्यु

सोमालियाको आत्मघाती विष्फोटमा ७ को मृत्यु

काठमाडौ । सोमालियामा बम विष्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । सोमालियको राजधानी मोगादिसुमा आत्मघाती कारबम विष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको हो । सोमालियका राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलतर्फ जान प्रयोग गरिने सडकको चेकपोइन्टमा उक्त विष्फोट गराइएको जनाइएको छ ।

आक्रमणकारीले राष्ट्रपति भवनमा जाँदै गरेकाहरुलाई लक्षित गरी विष्फोट गराएको र घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्ने त्यहाँका पुलिस अधिकारीहरुले बताएका छन् । राष्ट्रपति भवन नजिकै गराइएको विष्फोटमा कैयौं घाइते भएका छन् । सन् २०११ सम्म राजधानी मोगादिसुमै कब्जा जमाएको अलसबाबलाई अफ्रिकन युनियन सम्वद्ध सेनाले विस्थापित गरेको थियो ।

सोमालियमा सरकार फालेर इस्लामिक राज्य स्थापना गर्न हिंसात्मक गतिविधि गर्दै आएको अल सबाब नामको आतंककारी संगठनले विष्फोट गराएको विश्वास गरिए पनि त्यसमा अलकायदाको पनि संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ । मारिनेहरुमा वरिष्ठ सैनिक अधिकारी र उनीहरुका परिवार भएको जनाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.