भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

व्हील चेयर वितरण गरेर दोस्रो कार्यकालको शुभारम्भ, स्थानीयवासिन्दा खुशी

व्हील चेयर वितरण गरेर दोस्रो कार्यकालको शुभारम्भ, स्थानीयवासिन्दा खुशी

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ७ का नवनिर्वाचीत वडा अध्यक्ष रविन्द्र सापकोटाले व्हील चेयर वितरण गरेर दोस्रो कार्यकालको सुरुवात गरेका छन् । सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरे लगतै पदभार ग्रहण गरेका सापकोटाले आफ्नै वडाका चार जना असक्त नागरिकहरुलाई व्हील चेयर वितरण गरेर सेवा प्रवाहको सुरुवात गरेका हुन ।

पहिलो दिन नै गाउँमा गएर असक्त नागरिकहरुको सेवा गरेपछि स्थानीयबासीन्दाहरु अच्चममा परेका थिए । उनले वडाबाट जननिर्वाचित प्रतिनिधिहरुको पहिलो बैठकले नै निर्णय गरेर असक्त नागरिकहरुलाई व्हील चेयर वितरण गरेको जानकारी दिए । वडा अध्यक्ष सापकोटाले विगत वर्षमा झै स्थानीय तह निर्वाचन २०७९ मा गरेका प्रतिबद्धताहरु पनि पूर्णरुपमा पुरा गर्ने प्रतिबद्धता जाहेर गर्दै गुण्डूका जनताको सेवा गर्न दिनरात कडा मेहनत गर्न आफू प्रतिवद्ध रहेको प्रतिक्रिया दिए ।

फोटो फिचर सिहत …..

 


Thali Mobile Pvt.Ltd.