भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्रष्टा सम्मानित

स्रष्टा सम्मानित

विराटनगर । तीन स्रष्टालाई नारी स्रष्टा समाजले पुरस्कृत गरेको छ । विराटनगरमा आयोजित कार्यक्रममा कवि साहित्यकार तथा कलाकार रमेश श्रेष्ठलाई ‘कविराज साहित्य सम्मान’ प्रदान गरिएको हो ।

प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, अग्रज साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, आयोजक संस्थाकी अध्यक्ष ममता मृदुललगायतले दोसल्ला ओढाएर नगद ११ हजार राशिसहित सम्मानपत्र प्रदान गरेका हुन ।

यसैगरी ‘मोहनलता स्रष्टा सम्मान’ कथाकार सुमन सौरभलाई ‘हेमलता स्रष्टा सम्मान’ लघुकथाकार दीपक लोहनीलाई प्रदान गरिएको छ । नगद ११ हजारसहित सम्मान गरिएको हो ।

कार्यक्रममा प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्रिन्स प्रमोद ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।दिनुका साथै १५ दिनमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.