भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हत्या गरेर फरार भएका व्यक्ति दश वर्षपछि पक्राउ

हत्या गरेर फरार भएका व्यक्ति दश वर्षपछि पक्राउ

डोटी ।  जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी सजाय सुनाएका अछामको चौरपाटी गाउँपालिका–१० का गमानसिंह थापालाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ ।

आफ्नै गाउँपालिकामा बस्ने चक्र थापाको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालत अछामले उनीसहित अन्य चार जनालाई विसं २०६७ असोज महिनामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी २० वर्ष जेल सजाय तोकेको थियो ।

कर्तव्य ज्यान मुद्दामा सजाय तोकेसँगै फरार रहेका थापालाई प्रहरीले दश वर्षपछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । उनीसँगै पक्राउ परेका अन्य चार जना भने अदालतले तोकेको सजाय भुक्तान गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.